‘म्याग्दीलाई हेला गरेको’ भन्दै माओवादी सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

santan ads

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तक च्यातेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलमा बजेटले म्याग्दीको भूगोल नचिनेको र हेला गरेको भन्दै नेकपा माओवादीका सांसद जुग्जालीले रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।

जुग्जाली पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । उनले म्याग्दीलाई दिएको ३ करोडसँगै आफ्नो भागमा परेको २ करोड पनि फिर्ता लैजान भन्दै विरोधस्वरुप बजेट पुस्तिका च्यातेका हुन् ।

बजेट पुस्तिका च्यात्नुअघि उनले भने ‘सम्माननीय सभामुखज्यू, म र मसँगै रहेका विपक्षी सांसदको प्रतिनिधित्व गर्दै म यो बजेट पुस्तिका च्यात्छु ।’

जुग्जालीले मन्त्रालयबाट विनियोजन गरिएको बजेट ‘समन्यायिक’ नभएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।

त्यस्तै, उनले भौतिक पूर्वाधार मन्त्री प्रकाश केसीले म्याग्दी जिल्लाको भूगोल नबुझेको आरोपसमेत लगाए ।

Scroll to Top