रुपाको बजेट ४८ करोड ५५ लाख

santan ads

कास्की जिल्लाको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार गाउँ सभामा अध्यक्ष नवराज ओझाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष लालसुब्बा गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।

बजेटको कुल राशिमध्ये ३३ करोड ३४ लाख (करीब ६९ प्रतिशत) चालु खर्चतर्फ र १५ करोड २० लाख (३१ प्रतिशत) पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। पालिकाको अधिकांश बजेट संघ र प्रदेश सरकारको अनुदानमा निर्भर रहेको छ।

संघ सरकारबाट समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा राजस्व बाँडफाँट गरी जम्मा ४१ करोड ११ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट भने विभिन्न शीर्षकमा २ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ।

बजेटमा मौज्दात रकम ३ करोड १४ हजार र आन्तरिक स्रोतबाट १ करोड ६४ लाख उठाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई पनि समेटिएको छ। बजेटले कृषि, पर्यटन, पूर्वाधार र स्वास्थ्य सेवालाई प्राथमिक प्राथमिकता दिएको छ।

Scroll to Top