आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ ।उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ ।
गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो। आइतबार राती साँझ थप २२ नेपालीको उद्धार गरिएको जोशीले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नावालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन। उनीहरुलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए। बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए।
‘हामीले जंगलमा भगाउँदै गर्दा अहिले राती २२ जनालाई उद्धार गर्यौं । बन्धक बनाउने समुहका नाइकेहरुको अहिले भागाभाग भएको छ । कतिपयलाई उनीहरुले घर फेरेर लुकाइरहेको भन्ने सूचना आएको छ,’ जोशीले भने । निर्देशक जोशीका अनुसार गत बिहीबार उद्धार गरिएका ३५ जनालाई अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर मंगलबारसम्म नेपाल ल्याउने तयारी भइरहेको बेला थपको उद्धार भएको हो। अन्य पाँचसय बढी बन्धक बनाएको डाटाहरु एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं। अन्य २२ जनालाई पनि हाम्रो सम्पर्कमा ल्याएका छौं । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने।
पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याइ बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको जोशीले जानकारी दिए।
तस्बिरः न्यूज बैंक