गण्डकीमा उद्योग मन्त्रीकै निर्वाचन क्षेत्रमा ६० मन्दिरलाई बजेट किन ?

santan ads

गण्डकी प्रदेशसभामा बजेटसम्बन्धी छलफल जारी छ ।

बजेटमा उद्योगभन्दा मठ–मन्दिरमा बढी बजेट परेको भन्दै सांसदहरुले आलोचना गरिरहेकाबेला उद्योगमन्त्रीकै निर्वाचन क्षेत्रमा मन्दिरहरुले बढी बजेट पाएका छन् ।

उद्योगमन्त्री मित्रलाल बस्यालको निर्वाचन क्षेत्रमामात्रै करिब ६० वटा मन्दिरमा बजेट परेको देखिएपछि सांसदहरुले कटाक्ष गरेका छन् ।

सांसद विकल शेरचनले उद्योग मन्त्रालयमा ३६ प्रतिशतमात्रै बजेट परेकोमा आपत्ति जनाए । उक्त प्रतिशत २१ करोड १५ लाख रुपैयाँ हुन आउछ ।

‘३ सय २१ मन्दिर बनाउने भनिएको छ, जसमा मन्त्रीज्यूकै निर्वाचन क्षेत्रमा ६० वटा छन् । तर बौद्ध र हिन्दू धर्मालम्बीको आस्थाका केन्द्र मुक्तिनाथ–दामोदर कुण्डमा बजेट छैन,’ उनले भने, ‘म सोध्न चाहन्छु, तपाईं उद्योग मन्त्री हो कि मन्दिर मन्त्री ?’

प्रदेशसभाको आठौं अधिवेशनअन्तरगत सोहौं बैठकमा आज पनि बजेटमाथि छलफल जारी छ ।

Scroll to Top