इरानको तेहरानस्थित यूएईको दूतावासमा अर्घाखाँचीका विष्णुप्रसाद भुसालका अनुसार त्यहाँ नेपालीको सानो संख्या रहेको छ ।
बिबिसीका अनुसार भुसालको सम्पर्कमा तेहरानमा रहेका ११ जना नेपालीहरू छन् र उनीहरू प्रायस् सबै त्यहाँका विभिन्न दूतावासमाकुकको काम गर्छन् ।
‘तेहरानबाहिर पनि एक जना हुनुहुन्छ भन्ने छ तर मेरो सम्पर्कमा उहाँ हुनुहुन्न,’ उनले भनेका छन्।
इरानसमेत हेर्ने कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलका अनुसार हाल इरानमा १७ जना नेपालीहरू रहेको विवरण आएको छ।
त्यसमध्ये ुअध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमाु पक्राउ परेका पाँच नेपाली युवाहरू पनि छन्।
उनीहरूलाई युरोप पठाउने बहानामा ‘मानव तस्कर’ले इराक हुँदै इरानतर्फ पुर्याएपछि त्यहाँ अलपत्र पारेको बुझिएको नेपाली अधिकारीहरू र इराक तथा कतारस्थित गैरआवासीय नेपाली सङ्घका नेताहरूले बीबीसीलाई जानकारी दिएका छन्।
‘जेलमा रहेका पाँच जना भाइहरूको पनि अदालती प्रक्रिया सकिएर उहाँहरू छुट्नुभएको हो। तर अब लडाइँले गर्दा ट्राभल डकुमेन्ट बन्ने अवस्था नहुँदा अहिले जेलमै हुनुहुन्छ,’ भुसालले भने।
राजदूत पौडेलले पनि अहिलेको परिस्थितिका कारण आफूले इरानमा ओहोदाको प्रमाणपत्र बुझाउन जान पनि नपाएको र जेलमा परेका नेपालीलाई तत्काल छुटाएर नेपाल पठाउने अवस्था नभएको बताए।
‘हामीले इरानमा रहेका नेपालीहरूलाई सुरक्षित हुन भनेका छौँ र कुनै आपत् परेमा दूतावासमा खबर गर्नका लागि आवश्यक व्यवस्था पनि गरेका छौँ,’ उनले भने।
‘उद्धार गर्नुपर्ने अवस्था आयो भने तत्काल उद्धार गर्नका लागि पनि दूतावास आवश्यक काम गर्छ।’
इराकमा रहेका नेपाली के भन्छन् ?
इजरेल र इरानबीचको लडाइँका क्रममा ती दुई देशको बीचमा रहेको इराकमा पनि हजारौँको सङ्ख्यामा नेपालीहरू रहेका छन्।
यद्यपि उक्त देशमा औपचारिक रूपमा नेपालीहरू काम गर्न जान अहिले पनि पाउँदैनन् र वैदेशिक रोजगार विभागका अनुसार इराक ूहाल रोक्का गरिएकोू देशमा पर्छ।
बीबीसीले त्यहाँस्थित केही नेपालीहरूसँग कुराकानी गरेको छ।
उनीहरूका अनुसार इराकमा अमेरिकी सैन्य शिविरहरू रहेकाले कुनै पनि बेला ती शिविरहरू इरानको निसानामा पर्न सक्ने र त्यसले नेपालीलाई पनि असर पार्न सक्ने चिन्ताले धेरैलाई सताएको छ।
इराकको कुर्दिस्तानस्थित सुलेमानिया सहरमा रहेका गैरआवासीय नेपाली सङ्घ इराकका अध्यक्ष विनोद श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा यहाँका स्थानीयवासीहरू पनि त्रसित रहेका छन्। समस्या के छ भने अमेरिकी बेसहरू इराकमा धेरै ठाउँमा छन्। त्यसले गर्दा त्यहाँ हमला हुँदा नेपाली पनि पर्छन् कि भन्ने छ किनभने ती बेसमा नेपालीहरू पनि काम गर्नुहुन्छ नि त। ‘
उनका अनुसार कुर्दिस्तानसहित इराकका अन्य स्थानमा गरेर करिब १५ हजार नेपालीहरू रहेको अनुमान छ।
गोरखाका गम्भीरमान श्रेष्ठ कुर्दिस्तानमा कार्यरत छन्।
यद्यपि सरकारले प्रतिबन्ध लगाएकाले उक्त देशमा कति नेपाली छन् भन्ने यकिन विवरण कसैसँग छैन।
उनले भने, ‘अमेरिकी बेसहरूबाट कति सैनिकहरूलाई फिर्ता बोलाएपछि अहिले ती बेसहरूमा काम गर्ने केही नेपालीको जागिर पनि गुम्यो भन्ने सुनिएको छ। कतिलाई नेपाल पनि फर्काइएको भनिएको छ तर मैले यकिन थाहा पाउन सकेको छैन।’
कुर्दिस्तानको राजधानी अर्बिलस्थित अमेरिकी सैन्य शिविरनजिकैको कम्पनीमा सुरक्षागार्डको काम गर्ने गम्भीरमान श्रेष्ठ पनि हालसम्म डरको स्थिति नआएको बताउँछन्।
गोरखाका उनी सन् २०१२ मा त्यहाँ पुगेका उनी इरान र इजरेलबीच हवाई हमला हुँदा इराकमा पनि ड्रोनहरू खसेको खबरहरू आइरहँदा भने आफूलाई केही चिन्ता लागेको बताउँछन्।
उनले भने, ‘ड्यूटीमा हुँदा हामीलाई खासै केही थाहा पनि हुँदैन। मनमा भित्र डर त हुन्छ तर त्यस्तोमा खासै ध्यान जाँदैन। यो इजरेल र इराको बीचमा पर्ने भएकाले अलि सतर्क हुनुपर्ने अवस्था छ।’
‘अहिलेसम्म नेपालीहरू ढुक्क भएर नै काम गरिरहेको देखिन्छ। डराएको त खासै देखिएको छैन। मैले पनि नेपाल फर्किने सोच बनाएको छैन।’