राप्रपाका धवल अदालतमा, मिश्र सम्पर्कविहीन

santan ads

तीनकुने घटनाका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाको आज काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो ।

चैत्त १५ गते राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो । त्यसपछि फेला नपरेका उनी आज आज अदालतमा उपस्थित भएका हुन ।

उनीसँगै पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कविहीन छन् । उनी पनि केही दिनमा अदालतमा उपस्थित हुने बताइएको छ । अदालतले यसअघि घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

बाँकीलाई १० हजारदेखि १ लाखसम्मको धरौटी लिएर थुनामुक्त गरेको छ ।

Scroll to Top