नयाँलिपिः गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा खाद्य सुरक्षालाई प्राथमिकता दिएको छ ।
सोही अनुरुप खाद्य सुरक्षामा पर्ने प्रमुख बाली आलुको उत्पादनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन ९ करोड २० लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा कृषि उद्यम विकासतर्फ १ करोड ८० लाख र रैथाने तथा कृषिजन्य प्रवद्र्धनमा २ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।
सुन्तला र अन्य फलफुल बगैंचाको स्थापना गर्न ४ करोड ८२ लाख १० हजार विनियोजन गरिएको छ ।
समाचारमा एआई सिर्जित तस्बिरको प्रयोग गरिएको छ । –सम्पादक