भिजिट भिसामा अग्नि सापकोटा साट्यो भन्ने कुरा आरोपमात्र होः अध्यक्ष प्रचण्ड

santan ads

नयाँलिपिः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा माओवादीले उधारो सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

उनले सदनको अवरोध खुलाउनको लागि सत्तापक्ष र आफ्नो दलबीच भएको २ बुँदे सहमतिलाई कतिपयले भिजिट भिसा र अग्नि सापकोटा साटिएको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे ।

आज बिराटनगर पुगेका दाहालले यस्तो बताएका हुन् । उनले भने,‘भिजिट भिसा प्रकरण अग्निसँग साटेको कुरा विल्कुल गलत कुरा हो। वाहियताक कुरा मानिसहरूले प्रचार गरिराखेका छन्। त्यस्तो होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन।’

सत्तापक्षबाट एमालेका मुख्य सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले सदनको अवरोध खुलाउने दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेलगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादीले अग्निसँग भिजिट भिसा साटेको आरोप लगाएका थिए ।

उनले आफूहरुले जनताको हित हेरेर सदनको अवरोध हटाएको प्रष्टीकरण दिए । एक महिनाभित्र छानबिन गरेर भिजिट भिसा प्रकरण टुँगो लगाउने समझदारी बनेकोले एक महिनासम्म हेर्ने पनि दाहालको भनाई छ । त्यतिञ्जेलसम्म कुनै सहमति नभए माओवादीले पूनः सदन अवरोध गर्ने उनको चेतावनी छ ।

Scroll to Top