तनहुँ,शम्भु श्रेष्ठ । नेशनल प्याव्सन तनहुँ द्वारा आयोजित प्रतियोगितामा फिस्टेल इङ्लिस बोर्डिङ स्कुलका मौसमी गौरे र सतिस इङ्लिस बोर्डिङ स्कुलका प्रसन थापा मगर प्रथम भएका छन् ।
वत्तृत्वकलामा मौसमीले ८० र चित्रकलामा प्रसनले ३२ अंक ल्याई प्रथम भएका हुन ।
न्यु मनकामना माविका सार्थक भण्डारी ७९ अंक, राम ज्योति माविका ससिता के.सी ७८ अंक र सतिस माविका प्राप्ती तिमिलसेना ७७.५ अंक ल्याई क्रमश : द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउन सफल भएका छन ।
यस्तै चित्रकला तर्फ तनहुँ ड्रिमल्यान्ड इङ्लिस बोर्डिङ स्कुलका आरुष गुरङ, तनहुँ ज्ञान गंगा इङ्लिस बोर्डिङ स्कुलका मिसन गुरङ, तनहुँ तारापुजका दिप्सन सुनार क्रमश:द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरे ।
सहभागी छात्र/छात्राहरुले जलवायु परिवर्तन र हाम्रो जिम्मेबारी विषयमा आफ्ना भनाईहरु व्यक्त गरेका थिए भने नेपालको ग्रामिण जीवनशैली विषयमा चित्रकला कोरेका थिए ।
नेशनल प्याव्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख व्यास न.पा तनहुँका केदार राज आचार्य, केन्द्रिय उपाध्यक्ष तिलक बहादुर चौहान, केन्द्रिय सचिव सन्त तामाङ लगायतले बोलेका थिए ।
जयराम अधिकारीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको मुल्यांकनकर्तामा वासुदेव अधिकारी, शान्ता बास्तोला र बुद्धि गुरुङ रहेका थिए ।