अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
निर्वाचन तालिकाअनुसार कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि प्राविधिक कारण देखाउँदै बल्ल मतदान सुरु भएको छ ।
निर्वाचन समितिले आज बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि मतदानको समय सरेको सम्मेलन प्रतिनिधिले जानकारी दिए ।
अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् ।
४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ ।
उपाध्यक्षमा खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।