नयाँलिपिः अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको डिपोर्ट नीतिको निशानामा चर्चित टिकटकर खाबी लेम पनि परेका छन् ।
अमेरिकी अधिकारीले जनाए अनुसार जुन ६ तारिख लेमलाई डिपोर्ट गरिएको छ ।
न्यूयोर्क पोस्टले लेखे अनुसार लेमलाई स्वेच्छाले अमेरिका छाड्न भनिएको थियो । त्यसपश्चात् उनी इटली फर्किएका हुन् ।
२५ वर्षीय लेम नेभाडामा बस्दै आएका थिए भने उनले ओभरस्टे गरेको जनाइएको छ ।
विश्वभर लेमको १ सय ६२ मिलियन फलोअर्स रहेका छन् ।
–एजेन्सीको सहयोगमा