पोखराको वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान मृत भेटिएका पुरुषको पहिचान खुलेको छ ।
मृतक तनहुँका १९ वर्षीय मनोज भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् । उनको हत्याको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको बस्नेतले जानकारी दिए ।
नियन्त्रणमा रहेका २ र मृतक भुजेल एकापसका साथी रहेको बताउँदै बस्नेतले मनोजको हत्या गरिएको हो वा भवितव्य भन्ने विषयमा अनुसन्धान जारी नै रहेको बताए ।
‘आइतबार साँझदेखि आज बिहानसम्मको घटनाक्रम र घटनास्थलको सुक्ष्म अध्ययन भइरहेको छ, प्रहरीले छिट्टै वास्तविकता पत्ता लगाउने छ’ डिएसपी बस्नेतले भने ।