नयाँलिपिः आइतबार साँझ पोखराको वेगनासतालमा गर्मी छल्न पौडी खेल्दा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ अन्ततः मृत फेला परेका छन् ।
राजेश बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा आज बिहान सशस्त्र प्रहरी बल कालिका गणको गोताखोर टोलीले फेला पारेको हो ।
उनको शवलाई ७ जना गोताखोरको टोलीले करिब ३५ फिट गहिराइबाट निकालेको छ ।
४२ वर्षीय श्रेष्ठ साथीसँग घुम्न आएका थिए । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
उनी शहिद लखन थापा गाउँपालिका–६ निवासी हुन् ।