नयाँलिपिः पोखरा कावन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक पुरुषको हत्या भएको पाइएको छ ।
वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०र३५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।
तर मृत युवाको पहिचान भने हालसम्म खुल्न नसकेको बस्नेतले बताए ।
‘मृतकको पहिचान खुल्न सकेको छैन, हामी यस विषयमा अनुसन्धान गर्दैछौ, छिट्टै पत्ता लाग्नेछ’ उनले भने ।
युवकलाई किला ठोक्ने हथौडाले हानेर हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाई छ ।