नयाँलिपिः आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ।
खेल स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आइतबार अपराह्न पौने ४ बजे सुरु हुनेछ।
यसअघि त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत स्कटल्याण्डमा सम्पन्न लिग–२ को पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो। दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
हालसम्म १४ खेल खेलेको नेपाल १० अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ। लिग–२ को अंक तालिकामा अमेरिका २० खेलमा २८ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो तथा ओमान २० खेलमा २४ अंकसहित तेस्रो स्थानमा छन्।
स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा रहँदा क्यानडा २० खेलमा २० अंकसहित पाँचौं र नामिबिया २० खेलमा १४ अंकसहित छैटौं स्थानमा छन्। आजको खेल नेपालका लागि अंक तालिकामा सुधार गर्ने महत्वपूर्ण अवसर हुनेछ।