अन्नपूर्ण आरोहणको ७५ वर्षः हर्जाेगसँगै सम्झनुपर्ने नाम वोलांग र ‘ग्रूप सिक्स’

santan ads

दिपक के श्रेष्ठः सन् १९५० जुन ३ तारिख फ्रान्सेली आरोही मौरिस हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि ७५ वर्षगाँठ धुमधामले मनाइँदैछ ।

हर्जाेगको टिमले सफल आरोहण गरेपछि उनका छोरा, नाती र सांगीतिक टोलीले म्याग्दीको नारच्याङ पुगेर विविध कार्यक्रम गरी ७५ वर्षअघिको सम्झनालाई ताजा बनाएका छन् ।

साथै, आज उक्त टोलीले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यसबेला हर्जाेगले प्रयोग गरेको आइस एक्स (हिम बञ्चरो) प्रदान गर्नुकासाथै उनै हर्जाेगका टोलीकोे शालिकसमेत अनावरण गरेको छ ।

हिरक महोत्वसको यस घडीमा संग्रहालयले बहुमूल्य आइस एक्स पाउनु गर्वको क्षण हो ।

यसरी हर्जाेगको सफलताको गाथा गाइँरहँदा छुटाउनै नहुने नाम हो, वोलांग सोनाम शेर्पा ।

जसले फ्रान्सेली टोलीको आरोहणको २७ वर्ष पछि अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।

सन् १९७७ मा पर्वतारोही वोलांगले अन्नपूर्णको चुचुरो चुमेका थिए ।

वोलांगकै सफलताले भावी नेपाली पुस्तालाई अन्नपूर्ण आरोहणमा साहस र हौसला मिलेको बताइन्छ ।

त्यसो त ७५ वर्षगाँठमा नेपालस्थित फ्रान्सेली दूतावासले भने वोलांगको शालिक अन्नपूण बेस क्याम्पमा अनावरण गरेको छ ।

त्यसपछि नेपाली चेलीहरुले सन् २०२१ को अप्रिल १६ तारिखमा अन्नपूर्णको सफल आरोहण गरे ।

चेलीहरुले पर्वतारोहण क्षेत्रमा इतिहास रचेपछि आरोहणमा ‘चुनौती’ मानिएको अन्नपूर्णमा धेरैको नजर परेको छ ।

उक्त टिम सिक्समा पुर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अंकिता, दाबुटी शेर्पा, शर्मिला तामाङ् र माया शेर्पा रहेका छन् ।

जसमध्ये अंकिता र दावा याङजुमले अतिरिक्त अक्सिजनको प्रयोग नगरिकनै शिखर आरोहण गरेका थिए ।

Scroll to Top