शम्भु श्रेष्ठ ,तनहुँ। बन्दीपुर गाउँपालिका द्वारा आयोजित मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता नोट्रेडेम माविका स्पन्दन थापा प्रथम छन । उनले ३०० पूर्णाङ्कमा २४९ अङ्क ल्याई प्रथम भएका हुन ।
मनास्लु माविकी दिपाशा परियार २३४ अङ्क, कालिका माविका विनोद नेपाली २३१ अङ्क ल्याई क्रमश : द्वितीय, तृतीय भएका छन । त्यस्तै शिव माविकी सचिना गुरुङ २२८ अङ्क ल्याई सान्त्वना पुरस्कार पाउन सफल भईन ।

सहभागी छात्र/छात्राहरुले बालमौत्री स्थानिय शासनमा बालबालिकाको भूमिका विषयमा आफ्ना भनाईहरु व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिकाका ८ विद्दालय १४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, शिक्षा शाखा अधिकृत भिम प्रसाद लामिछाने लगायतले कार्यक्रमले विद्यार्थीहरुमा आफ्ना हकहितका लागि आवाज उठाउने बानीको विकाश हुने हुदाँ पालिकाबाट यस्ता कार्यकमलाई निरन्तरता दिनु पर्ने बताए ।
मुल्यांकनकर्ताको भुमिकामा गोवर्धन भट्टराई, विक्रम पिया र सुमन कुमारी गुरुङ रहेका थिए ।