यातायात व्यवसायीले आजदेखि यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीहरु झनै व्यस्त बनेका छन् ।
बन्दले सर्वसाधारणहरु इन्ड्राइभ र पठाओजस्ता राइड सेयरिङमा निर्भर भएपछि राइडरहरुले बाध्यताको फाइदा लिन थालेका छन् ।
हिजो, अस्तीको तुलनामा कम्पनीले आज बिहानैदेखि मनपरी भाडा असुल्न थालेको र आज बिहानदेखि भाडा बढाएर मोबाइल एपमा राखेको पाइएको छ ।
राइडरको यस्तो हर्कत चाल पाएपछि नेपाल प्रहरीले सार्वजनिक सूचना नै जारी गरी नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन अनुरोध गरेको छ ।
कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ ।
यसैबीच, कास्की प्रहरीले यात्रुबाट बढी भाडा असुलेको आरोपमा पोखराबाट ८ जना राइडरलाई पक्राउ गरेको छ ।