गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई व्यवस्थित र नियमन गर्न जारी गरेको‘राइड सेयरिङ सम्बन्धी नियमावली २०८२’ उचित भएको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामहरुलाई रोक्न सकिँदैन/मिल्दैन भन्दै राइड सेयरिङ सूचना–प्रविधिले दिएको अर्को अवसर र सुविधा रहेको संघले बताएको छ ।
‘विभिन्न विकसित राष्ट्रमा वैधानिक तरिकाले निर्वाध संचालनमा आएको राइड सेयरिङलाई कानूनी दायरामा ल्याइ नियमन गर्नु स्वागतयोग्य कदम हो । यसले रोजगारी सिर्जना,राजश्व वृद्धि र यृुवा पलायन रोक्न पनि उत्तिकै योगदान दिन्छ भन्नेमा हामी प्रष्ट छौँ’ संघद्वराज जारी विज्ञप्तीमा उल्लेख छ ।
संघका उपमहासचिव सुदिप प्रधानाङ्ग हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘हामी हरेक प्रकारका बन्द र हड्तालका कार्यक्रमको सख्त बर्खिलापमा छौँ । एक दिनको बन्द र हड्तालले अर्थतन्त्रमा ५ खर्ब रुपैयाँ भन्दा बढीको क्षति हुने गरेको आँकडालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन भन्ने हाम्रो मान्यता रहेको छ ।’