पोखरामा पनि आजदेखि राजावादीको आन्दोलन सुरु

santan ads

पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षधरहरुले राजतन्त्रको स्थापना र गणतन्त्रको खारेजीको माग गर्दै आजदेखि पोखरामा प्रदर्शन सुरु गरेको छ ।

लखनचोकमा छाता र ब्यानरसहित सहभागी भएका राजावादीहरुले संख्यामा थोरै भएपनि आफुलाई ‘आगोको झिल्को’को संज्ञा दिएका छन् ।

विश्व हिन्दू महासंघ, नेपालका उपाध्यक्षले उक्त प्रदर्शनलाई सम्बोधन गर्दै संख्यामा थोरै भएपनि आगोको झिल्को भएको र डढेलो लगाउन सक्ने बताए ।

उनले राजतन्त्र र सनातन धर्मको स्थापना गर्दे हालको सरकारलाई लुटेराको सरकार भएको बताए ।

उनले भने ‘लुटेराको सरकारको अन्त्य नगरेसम्म आन्दोलन जारी रहन्छ ।’ प्रदर्शनमा सहभागीले गणतन्त्र मुर्दावाद र राजतन्त्र जिन्दावादको नारा लगाएका थिए ।

Scroll to Top