५ औं माउन्ट अन्नपूर्ण एसइई बास्केटबलको उपाधि बेनपालाई

santan ads

पोखरा । माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा भएको पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिताको उपाधि बेनपाले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा गलेश्वर लाई हराउदै बेनपाले छात्र तर्फको उपाधि जितेको खेल संयोजक अशोक कुमार शाहीले बताए।

उपाधि सगैँ बेनपाले नगद २० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै दोस्रो भएको गलेश्वरले १० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तै छात्रा तर्फको उपाधि माउन्ट अन्नपूर्ण माबि (मास)ले मर्दिखोलालाई हराएर उपाधि जित्न सफल भएको छ ।

उपाधि सगैँ मासले नगद १५ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्दा मर्दिखोलाले नगद ८ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गरेको हो ।

यस्तै प्रतियोगितामा मष्ट भ्यालुएबल छात्रको तर्फ एलोन शेरपुर्जा हुदा छात्रा तर्फ सोयक्षा पुन बन्न सफल भइन भने हाइस्कोरर छात्र तर्फ इन्द्र पुन भए भने छात्रा तर्फ आयुमी बाटाजुले जित्न सफल भइन् ।

मष्ट भ्यालुएबल छात्र,छात्राले जनही २/२ हजार प्राप्त गर्दा हाइस्कोरर छात्र,छात्राले जनही १/१ हजार प्राप्त गरे ।

समापन कार्यक्रमको पोखरा महानगरपालिका ३ का वडा अध्क्षय प्रकासमान उदास, बिद्यालयका अध्क्षय सुरज प्रधानाङ,प्रिन्सिपल सइन्द्रराज श्रेष्ठ, पुर्व अध्यक्ष चिज काजी गुरुङ, निर्देशक चित्र गुरुङ,प्रोमोटर झम गुरुङ,समाजसेवी भूपालजङ कुवँर,नेपाल भुतपूर्व खेलाडि मञ्चका अध्क्षय दिल बहादुर गुरुङ लगाएत वडा ३ मा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो ।

Scroll to Top