पोखरा खबरः मर्दीमा डुबे २ बालक, सशस्त्रले निकाल्यो शव

santan ads

नयाँलिपिः पोखराको खानेपानी मुहान मर्दीको ड्यामबाट सशस्त्र प्रहरी बल, कालिका गणको गोताखोरले २ बालकको शव निकालेको छ ।

बालकहरु पौडी खेल्नेक्रममा डुबेका हुन् । दुबै बालक माछापुच्छ्रे गाउँपालिका वडा ६ का १३ वर्षीय विवश र १४ वर्षीय विशाल परियार हु्न् ।

परियारद्वय डुबेको खबर पाएलगत्तै कालिका गणबाट प्रहरी निरीक्षक दिपेन्द्र कटवालको नेतृत्वमा गएको टोलीमार्फत उनीहरुको शव निकालिएको हो ।

Scroll to Top