युवा संघमा दोहोरिएपछि थेबेको प्रतिबद्धताः ‘३ वर्षमा ३ लाख उद्यमी, ३० लाख रोजगार’

santan ads

दिपक के श्रेष्ठः राष्ट्रिय युवा संघ नेपालको पोखरामा हालै सम्पन्न दशौं महााधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित क्षितिज थेबेले आज पत्रकारबिच संघको भावी योजना सुनाएका छन् ।

देशमा युवालाई व्यवसाय र रोजगारसँग जोडने नीति अघिल्लै कार्यकालबाट सुरु गरेको बताउँदै उनले यसलाई अझ विस्तारित गर्ने सुनाए ।

‘अबको ३ वर्षे कार्यकालमा करिब ३ लाख युवा उद्यमी जन्माउने योजना छ’ अध्यक्ष थेबेले भनेका छन् ‘जसबाट ३० लाख रोजगार बढाउने प्रतिबद्धता गर्दछु ।’

महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिले चढेको गाडी र भएको खर्चबारे सोधिएको प्रश्नमा थेबेले भने ‘हामी सबै आयमूलक काम, व्यवसायमा जुटेका छौं, कसैको चन्दा र सहयोग लिएर पोखरा आएका होइनौ ।’

थेबेका अनुसार महाधिवेशनमा झण्डै १ करोड रुपैयाँ खर्च भएको छ । जसलाई सहभागीहरु स्वयंले व्यहोरेका छन् ।

महाधिवेशन आयोजना गर्न कसैबाट पनि चन्दा, सहयोग नमागिएको भन्दै उनले यसबीच महाधिवेशन सभ्य र भव्य भएको दाबी गरे ।

महाधिवेशनको बन्द सत्रबाट ‘समृद्ध नेपाल, सुखी नेपाल’को नारालाई वास्तविकतामा उतार्ने संकल्प र योजना रहेको भन्दै उनले गणतन्त्रप्रति युवा संघले कुनैपनि सम्झौता नगर्ने बताए ।

Scroll to Top