अमरसिंहका व्यापारीको रिट उच्चमा खारेज, टहरा हटाउने बाटो खुल्यो

santan ads

दिपक के श्रेष्ठः अमरसिंह मावि, पोखराको जमिनमा टहरा बनाएर व्यापार गर्दै आएका व्यापारीहरुलाई विद्यालय प्रशासनले हटाउने निर्णयविरुद्ध उच्च अदालत पुगेका व्यापारीहरुले मुद्धा हारेका छन् ।

विद्यालय प्रशासनको निर्णयविरुद्ध उच्चमा उनीहरुले गत फागुनमा रिट दायर गरेका थिए ।

उक्त रिटउपर मंगलबार भएको सुनुवाईमा न्यायाधीशद्वय मिलनकुमार राइ र दिपेन्द्र अधिकारीको संयुक्त इजलाशले ‘विपक्षीकानाममा अन्तरिम आदेश जारी गरिरहन नपर्ने’ आदेश दिएको छ ।

अमरसिंहमा व्यापार गरिरहेकाहरुका तर्फबाट बालकृष्ण बाँस्तोलालगायत ५२ जनाले अमरसिंह माविका व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइराला र प्रधानाध्यापक शेरबहादुर थापाविरुद्ध उत्प्रेषणमा रिट दायर गरेका थिए ।

उच्च अदालतले उक्त रिट खारेज गरेसँगै अत्यन्त न्यून भाडादरमा व्यापार गर्दै आएका व्यापारीहरु अब हट्नु पर्ने भएको छ ।

अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् ।

Scroll to Top