युनाईटेडको स्वास्थ्य शिविर : ९५७ जनाले स्वास्थ्य जाँच गराए

santan ads

पोखरा । युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएको आयोजकले जनाएको छ ।

शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । 

शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो ।

शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले उद्घाटन गरेको कार्यक्रममा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल,धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्याल,धवलागिरी गाउँपालिका ७ का अध्यक्ष अशोक खत्रीले

मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा.आनन्द भट्टराई,डा. सरोज पोखरेलले युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा लगायतले बोलेका थिए । 

कार्यक्रम क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत र  कार्यक्रम संयोजक तथा क्लबका कार्यसमिति सदस्य बिष्णु कुमार गुरुङले धन्यवाद मन्तब्य राखेको थिए ।

कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए । 

Scroll to Top