नयाँलिपिः श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ।
यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका ूप्यार से बोलोनाू भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ।
पोखरामा पहिलोपटक एउटै स्थानमा करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थितिमा सम्पन्न यस यज्ञस्थलमा खुट्टा टेक्ने ठाउँ समेत नपाएको अबस्था रहेको थियो।
देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ। त्यस्तै, जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
शुक्रबार एकादशी परेकाले मात्रै एक लाखभन्दा बढी भक्तजनले कोटिहोममा उपस्थिति जनाएका थिए। वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन गरिएको थियो। श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुजस्ता महानुभावहरूले कथा वाचन र भक्तिभावयुक्त भजन प्रस्तुत गरेका थिए।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित बिष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्।
स्व. सूर्य व. केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी २ लाख रुपैयाँ दान गरेकी छिन्। पोखरेलीले भोलिका दिनमा १०० रोपनी जग्गा उपलब्ध हुने पोखरेलीले बताएको समेत गारेका जानकारी गराएका छन्।
रक्तदानमा हालसम्म ६०० भन्दा बढी युनिट रक्त संकलन भइसकेको छ। साथै, राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन्।
महायज्ञमा सहभागि समाजसेवी सागर ढकालले “मेरो संस्कार म आफैले वैज्ञानिक रूपमा बुझ्नुपर्छ,” भन्दै संस्कारको वैज्ञानिक पक्षप्रति जोड दिएका थिए। उनले दैनिक जीवनमा संस्कार र संस्कृति जिवन्त राख्न आग्रह गरे।
कोटिहोम अझै जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। आध्यात्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवामूलक गतिविधिहरूले भरिएको यो ऐतिहासिक यज्ञमा सहभागी भई पुण्य लाभ लिन सकिन्छ।