गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पत्रकार ‘अथक’को दाबी

santan ads

नयाँलिपिः पोखराबाट निरन्तर पत्रकारिता गरिरहेका पत्रका कमल पौडेल ‘अथक’ले गण्डकी प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेको कूलपतिमा दाबी गरेका छन् ।

प्रतिष्ठानले रिक्त रहेको उक्त पदमा आवेदन मागेपछि उनले ३१ औं नम्बरमा कार्ययोजनासहित आवेदन दर्ता गराएका छन् ।

आफू गण्डकी प्रदेशको कूलपति पदमा सिफारिस भएमा यहाँको लोकगीत, संगीत भाषा, कला, साहित्य, भेषभूषा, सास्कृतिक सम्पदाको खोज, अनुसन्धान, विकास संरक्षण र प्रवद्र्धनमा जोड दिने उनले बताए ।

२०४८ सालबाट लोकगीत तथा संगीतको क्षेत्रमा लागेका अथकले २०५७ सालमा रोएकी चेली नामक गीत संग्रह प्रकाशित गरेका थिए । त्यसैगरी २०५८ सालमा जाउँलाबाटो भरतपुरको लोकदोहोरी एल्वम प्रकाशित गरेका थिए ।

२०६२ सालमा गजेको भोटो गजल संग्रह, २०६३ सालमा हाँडीका मकै हाइकू संग्रह, २०६४ सालमा सामन्तको मलामी गीत संग्रह, २०६५ सालमा बसुन्धरा खण्डकाव्य, २०६६ सालमा जनताको साशन गीत संग्रह, प्रेमको मधुमास गजल संग्रह २०६९ सालमा उल्टो वाँसुरी उपन्यास हुँदै भुन्टेको जन्तर, मुर्कट्टाको देश, विर्खे रजाइँ लगातका १९ वटा साहित्यीक कृति प्रकाशित छन् ।

Scroll to Top