युवा संघको महाधिवेशनमा सिंगारियो सभागृह, प्रम ओलीले उद्घाटन गर्ने

santan ads

नयाँलिपः राष्ट्रिय युवा संघ नेपालको पोखरामा हुने १० औं राष्ट्रिय महाधिवेशनकोक्रममा पोखरा सभागृह सिंगारिएको छ ।

युवा संघले सभागृहमा बनाएको स्वागतद्वारमा प्रधानमन्त्री केपी ओलीले अभिवादन गरेको फ्लेक्स दुबैपट्टि राखेर महाधिवेशनस्थल आकर्षको बनाएको छ ।

महाधिवेशनको उद्घाटन प्रम ओलीले शुक्रबार अपरान्ह अमरसिंह चौरमा गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनको प्रचारार्थ आज राष्ट्रिय युवा संघ नेपाल कास्कीको व्यवस्थापनमा चिप्लेढुंगाको मानव अधिकारचोकबाट मार्चपास सुरु गरेर न्युरोड हुँदै पोखरा सभागृहमा समापन भएको छ ।

महाधिवेशनको उद्घाटन अमरसिंहचौरमा गरेपछि पोखरा सभागृहमा बन्द सत्रको कार्यक्रम तय भएको छ ।

युवा संघ नेपालका इन्चार्ज राजीव पहारीले युवा संघ गतिशील र जुझारु संगठन भएकोले स्थापनाकालदेखिनै राष्ट्रियता लोकतन्त्र जनजीविका र युवाका सरोकारका मुद्दालाई स्थापित महत्वपूर्ण भूमिका खेलेको बताए ।

विगतमा युवा संघले वाइसिएलको ज्यादतीलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले महाधिवेशनपछि सबै खालको अतिवादको अन्त्य गर्ने दाबी गरे ।

महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, जनसंगठन सयन्त्रका प्रमुख भानुभक्त ढकाल, युवा संघका नेपालका पूर्व अध्यक्ष महेश बस्नेतलगायत सहभागी हुने पहारीले बताएका छन् ।

Scroll to Top