पहिले माछापुच्छ्रे र पाल्पाली अहिले ‘कोटीहोम चोक’

santan ads

नयाँलिपिः पोखरा महानगरपालिका वडा नं. १७ मा ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ जारी छ ।

बिरौटाचोकबाट दक्षिणतर्फ करिब ३ सय मिटरको दूरीमा महायज्ञस्थल रहेको छ । त्यस ठाउँलाई स्थानीयले माछापुच्छ्रे टोल र पाल्पाली मार्ग भनेर चिन्थे ।

तर महायज्ञ सुरु भएपछि स्थानीयले उक्त स्थानलाई अहिले ‘कोटीहोम चोक’ नामाकरण गरेका छन् ।

स्थानीय शारदा पंगेनीले यस स्थानलाई पछिका पुस्ताले पन कोटीहोम सन्चालनस्थल भने चिनुन् भनी नामाकरण गरेको बताइन् ।

त्यस्तै अर्का स्थानीय धनीप्रसाद ढकालले भने, ‘हामीले कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौँ। यो कोटिहोम महायज्ञको इतिहास जीवन्त राख्नका लागि अर्को वर्ष स्थानीयको सक्रियतामा ठूलो प्रवेशद्वार निर्माण गर्नेछौँ।’

अर्का स्थानीय विनोद केसीले भने, ‘नयाँ मान्छे आउँदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामकरण गर्दा हाम्रो पहिचान नै उच्च रहनेछ।’

Scroll to Top