भारत। भारतको केईएम अस्पतालमा सोमबार दुई जना कोरोना पोजिटिभ बिरामीको मृत्यु भएको छ।
तर, उनीको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन्। एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। उनीहरू कोभिड संक्रमित थिए।
एसियाको अन्य देशहरुमा पनि कोरोना संक्रमण बढिरहेका समाचार बाहिरिएको छ ।
सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन्।
अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो। यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।
उता, जनवरी देखि हङकङमा ८१ कोभिडका बिरामी भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ। सांकेतिक तस्विर