भारतमा फेरि कोरोना संक्रमण ! शिल्पा शिरोडकर संक्रमित

santan ads

नयाँलिपिः बलिउड अभिनेत्री शिल्पा शिरोडकर कोरोना संक्रमित भएकी छन्।

भारतीय च्यानल एनडिटिभीका अनुसार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै उक्त जानकारी दिएकी हुन्।

‘हेलो! मेरो कोरोना टेस्ट पोजेटिभ आएको छ। तपाईहरू सबै सुरक्षित रहनु र मास्क लगाउनु नभुल्नु होला,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।

यस पोस्टपछि उनका फ्यानहरूले स्वस्थ रहन आग्रह गरिरहेका छन्। शिल्पा कोरोनाको भ्याक्सिन लगाउने पहिलो भारतीय अभिनेत्री थिइन्।

शिल्पाले सन् १९८९ मा मिथुन चक्रवर्तीसँग फिल्म ‘भ्रष्टाचार’बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले तेलुगु र तमिल फिल्ममा पनि काम गरेकी थिइन्।

५१ वर्षकी शिल्पा पछिल्लो समय सलमान खानको ‘बिग बोस १८’ मा सहभागी भएकी थिइन्।

Scroll to Top