कास्की प्रहरीले ३० मोबाइल खोजेर बुझायो सम्बन्धितलाई

santan ads

नयाँलिपिः विभिन्न समयमा मोबाइल हराएको र चोरी भएको उजुरीपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन परेपछि प्रहरीले तीब्र खोजतलाश गरिरहेको छ ।

यसैबीच निवेदनको आधारमा जिप्रका कास्कीले ३० थान मोबाइल फेला पारी बुधबार सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

‘विभिन्न मिति र समयमा मोवाईल फोन हराएको तथा चोरी भएको भनी यस जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको हुँदा यस कार्यालय तथा मतहत समेतबाट खोजतलास गरी बैशाख महिना भरी ३० थान मोवाईल फोन फेलापारी सम्बन्धित धनिलाई बुझाईएको छ’ जिप्रका कास्कीले जनाएको छ ।

त्यस्तै, मोबाइल हराएको वा चोरी भएको थाहा पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय वा मातहतका कार्यालयमा खबर गर्नसमेत अनुरोध गरिएको छ ।

Scroll to Top