लामेआहालमा इभी माइक्रो दुर्घटनाः ३ को मृत्यु, घाइते सबैलाई गण्डकी अस्पताल ल्याइँदै

santan ads

नयाँलिपिः काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा महानगरअन्तरगत लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

माइक्रोमा ११ जना रहेको र गम्भीर घाइते भएका ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको अस्पतालमा खटिएका एक प्रहरीले बताएका छन् ।

पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचाररत घाइतेलाई पनि प्रतिष्ठानमै ल्याउने तयारी भइरहेकोे उनले जनाएका छन् ।

तस्बिर: बुद्धराज बस्याल

Scroll to Top