नयाँलिपिः नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्वको माग गरिएको छ ।
पोखरा पर्यटन परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई सम्बोधन गर्दै नेपाल पर्यटन वोर्डको रिक्त रहेको उक्त कार्यकारी सदस्य पदमा पोखराकै प्रतिनिधित्व सुनिश्चित्तताको लागि पहल गर्न अनुरोध गरिएको छ ।
परिषदका अध्यक्ष तारानाथ पहारीले विज्ञप्तीमार्फत पर्यटनमन्त्री पाण्डेसमक्ष कार्यकारी सदस्य नियुक्तिमा पर्यटन बुझेको पोखरेलीको आवश्यकता महशुस गर्दै अनुरोध गरेका हुन् ।
पर्यटनको राजधानि घोषणा भई सकेको अबस्थामा ६ खर्ब भन्दा वढि निजि क्षेत्रवाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको वर्तमान अवस्थामा रिक्त रहेको उक्त पदमा यस क्षेत्रको प्रतिनिधि अति आवश्यक भएको परिषदका अध्यक्ष पहारीको दाबी छ ।