इंग्लिस प्रिमियर लिग न्युक्यासल युनाईटेडको जित

santan ads

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेड जित निकालेको छ । यूईएफए च्याम्पियन्स लिगको सम्भावनालाई बलियो बनाएको छ ।

आइतबार घरेलु मैदान सेन्ट जेम्स पार्कमा न्युक्यासले चेल्सीलाई २–० को जित निकालेको हो । न्युक्यासललाई जित दिलाउन सान्ड्रो टोनाली र ब्रुनो गुइमारेसले गोल गरे । खेलको दोस्रो मिनेटमा टोनालीले गोल गर्दै न्युक्यासललाई अग्रतामा राखेका थिए ।

निर्धारित ९०औँ मिनेटमा गुइमारेजले घरेलु टिमको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे ।

खेलको ३५औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्डको दर्शन गरेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । न्युक्यासलका स्भेन बोटमनमाथि कुइनाले प्रहार गरेपछि रेफ्रीले सुरुमा ज्याक्सनलाई पहेँलो कार्ड देखाएका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा रेफ्रीले पहेँलो कार्डको निर्णय परिवर्तन गर्दै सोझै रातो कार्ड देखाएपछि ज्याक्सनले मैदान छाडेका हुन् ।

जितसँगै ३६ खेलबाट ६६ अंक जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै न्युक्यासलले शीर्ष पाँचमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । यो हारले चेल्सीको सम्भावना भने कमजोर बनेको छ ।

Scroll to Top