नयाँलिपि -दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्का संग भड्दैछ ।
भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार साँझ ७ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा जित निकाल्दै समूहको अन्तिम खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।
यता श्रीलङ्का पनि नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनल यात्रा जिवित राख्ने तयारीमा छ । श्रीलङ्का यसअघि आफ्नो पहिलो खेलमा आयोजक भारतसँग ८–० गोलले पराजित भएको थियो ।
नेपाली टोलीका खेलाडी
गोलरक्षक :भक्तबहादुर परियार, विशेष बानियाँ र उपेन्द्र लवान
रक्षक :रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा र सिद्धान्त खड्का
मिडफिल्डर :कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेली मगर, रञ्जित लामा, पवन पाख्रिन र विज्ञान खड्का
स्ट्राइकर :सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ र विजय उर्वा