नयाँलिपिः इस्पाइनल इन्जुरी संघ कोशी प्रदेशद्वारा आयोजित व्हिलचियर बास्केटबल प्रतियोगितामा भाग लिन गण्डकी प्रदेशको टोली त्यसतर्फ लागेको छ ।
यही वैशाखको २६ र २७ गते हुने प्रतियोगितामा खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापक रहेको गण्डकी प्रदेश बास्केटबल संघले जनाएको छ ।
संघका अनुसार भरतविक्रम बानियाँको कप्तानीमा ७ खेलाडी इटहरी प्रस्थान गरेका छन् ।
टिममा खुम पाण्डे, सुरेश गौली, कृष्णराम लामिछाने, भरत अधिकारी, देव परियार र फनि नारायण पौडेल रहेका छन् ।
कूल ७ टिम सहभागी प्रतियोगितामा गण्डकी समूह ‘बी’मा परेको छ ।
यस समूहमा मधेश र कोशी प्रदेश रहेका छन् भने अर्काे समूहमा कर्णाली, बागमती, लुम्बिनी र सुदूरपश्चिम रहेको छ ।
गण्डकीले पहिलो खेल मधेश प्रदेशसँग खेल्नेछ ।
टिमको प्रशिक्षकमा चेतप्रसाद अधिकारी र व्यवस्थापकमा कृष सुनार रहेको संघले जनाएको छ ।