
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै कारवाहीको मागसहित पन्थीगल्लीका व्याापारी जिल्ला प्रहरीसमक्ष पुगेका छन्।
आज दिउँसो पसलमै आएर सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदीलाइ कुटेको व्यापारी बताउँछन्।
यस विषयमा अध्यक्ष पराजुलीले भने आफुमाथि आक्रमण गरेपछि प्रतिरक्षामात्र गरेको बताए।
‘मैले मापदण्डका विषयमा कुरा गर्दा नाकमा घोच्ने,पेटमा घोच्ने गर्दै अघि बढेपछि प्रतिरक्षा गरेकोमात्र हुँ’ उनले भने ‘म माओवादी हुँ, तेरो कार्यकाल २ वर्ष होइन र? भन्दै आक्रमणमा उत्रिए।’
पसल सन्चालकले नियम कानून मान्नुकोसाटो फुटपाथसमेत अतिक्रमण गरेपछि सम्झाउन गएको उनको भनाई छ।
यता व्यापारीहरूले भने सन्चालकमाथि दादागिरी शैलीमा कुटपिट गरेको भन्दै कारवाहीको माग गरिरहेका छन्।
एक होलसेल व्यापारी भन्छन् ‘विषय जे सुकै होस्, वनप्रतिनिधिले हात हाल्न पाइँदैन, कारवाही हुनुपर्छ।’







