कोटीहोममा हजार कन्याको पूजा गरिने

santan ads

नयाँलिपिः पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।

आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा समाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।

प्रचारप्रसार संयोजक ढकालका अनुसार १९ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ६५ हजार भक्तजन सहभागी भए ।

Scroll to Top