नयाँलिपिः आजदेखि कक्षा १२ को फाइनल परीक्षा सुरु भएको छ ।
परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार भन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालयका परीक्षामा नियमिततर्फ ३३ हजार छ सय ९८ जना र आंशिकतर्फ नौ हजार छ सय ५३ जना गरी कुल ४३ हजार तीन सय ५१ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन् ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अनुसार कास्कीबाट नियमितमा १२ हजार ८३ र आंशिकमा दुई हजार पाँच सय ७५ गरी १४ हजार छ सय ५८ जना सहभागी छन् ।
त्यस्तै, मनाङबाट नियमिततर्फका ३६ जना तथा आंशिकतर्फका नौ जना रहँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा नियमिततर्फका पाँच हजार चार सय ६३ जना तथा आंशिकतर्फ एक हजार छ सय ६६ जना रहेका छन् ।
यसैगरी, गोरखाबाट नियमिततर्फ दुई हजार र आंशिकमा सात सय ९८ गरी दुई हजार आठ सय ७० जना, लमजुङबाट नियमिततर्फ एक हजार चार सय नौ र आंशिकमा पाँच सय १९ गरी एक हजार नौ सय २८ जना, तनहुँबाट नियमितमा चार हजार ७२ र आंशिकमा एक हजार ९३ गरी पाँच हजार एक सय ६५ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।
यस्तै स्याङ्जाबाट नियमितमा दुई हजार नौ सय २३ र आंशिकमा एक हजार दुई सय १८ गरी चार हजार एक सय ४१ जना, कास्कीबाट नियमितमा १२ हजार ८३ र आंशिकमा दुई हजार पाँच सय ७५ गरी १४ हजार छ सय ५८ जना, मुस्ताङबाट नियमितमा ७७ र आंशिकमा २६ गरी एक सय तीन जना, म्याग्दीबाट नियमितमा एक हजार एक सय ८५ जना र आंशिकमा चार सय ५४ गरी एक हजार छ सय ३९ जना, पर्वतबाट नियमितमा एक हजार दुई सय ५४ र आंशिकमा चार सय २७ गरी एक हजार छ सय ८१ जना तथा बागलुङबाट नियमितमा तीन हजार एक सय २४ र आंशिकमा आठ सय ६८ गरी तीन हजार नौ सय ९२ जनाले परीक्षाका लागि ‘रजिस्ट्रेसन’ फाराम भरेका छन् ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराले परीक्षा सञ्चालनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २२ वटा, गोरखामा १० वटा, लमजुङमा छ वटा, तनहुँमा १५ वटा, स्याङ्जामा २१ वटा, कास्कीमा ४४ वटा, मनाङमा एउटा, मुस्ताङमा एउटा, म्याग्दीमा पाँच वटा, पर्वतमा सात वटा र बागलुङमा १५ वटा गरी कुल एक सय ४७ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।