रुपामा रास्वपाकी सोविता, भन्छिन्ः –‘रविविरुद्ध टालटुले मुद्दा बनाइएको छ’

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि टालटुले मुद्दा बनाएर सकेसम्म लम्ब्याउने र फसाउने चाल चलिएको बताएकी छिन् ।

गौतमले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा हालिएको तर त्यसमा कुनै दम नभएपछि दुख दिने नियत राखिएको उल्लेख गरेकी छिन् ।

कास्कीस्थित रुपा गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन र क्यालेन्डर विमोचन कार्यक्रममा प्रमुख अतिथिकारुपमा बोल्दै गौतमले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा जालझेल र प्रतिशोधमात्र भएको बताइन् ।

साथै सांसद गौतमले सरकार भ्रष्टाचारका काण्ड दबाउन उद्दत रहेको बताएकी छन् । रास्वपाले सरकारमा गएर भ्रष्टाचारका फाइल खोल्दै कारवाही अगाडि बढाएपछि हतारमा कांग्रेस एमाले सरकार बनेको र भ्रष्टाचारका काण्डहरुको अनुसन्धान रोकिएको उनको दाबी छ ।

गौतमले हिजोका दिन गुपचुप पारिएका भ्रष्टाचारका फाइल रास्वपाले सदन र सरकारमा रहेर उजागर गरेपछि ढाकछोपका लागि कांग्रेस एमालेको सरकार बनेको बताइन् ।

उनले भनिन्, ‘रास्वपा आएपछि के भयो भन्दा भ्रष्टाचार गरेको थाहा भयो, कहाँ भयो भन्ने थाहा भयो । पोखरामा १० अर्ब बढी भ्रष्टाचार भएको थाहा भयो । वाइडबडीमा भ्रष्टाचार भयो, वर्षौदेखिको गिरिबन्धुको भ्रष्टाचार पनि बाहिर आयो । अहिले संसदीय छानबिन समितिको नजिर बसालिहालियो , अब हाम्रो पनि पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ ।’

त्यस्तै, भुटानी शरणार्थी काण्डको फाइल खोलेर प्रक्रिया अघि बढाएपछि अब छोड्दैनन् भनेर ठूला दल मिलेर रास्वपाविरुद्ध लागेको उनको आरोप छ ।

Scroll to Top