नयाँलिपिः रत्नश्री जीमले पोखरा नारायणस्थानस्थित श्री महर्षि गुरुकुल विद्याश्रमको विद्यार्थीलाई ४० सेट ट्रयाकसुट वितरण गरेको छ ।
जीमका प्रोपाइटर दिवंगत शंकार उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा, छोरा बुहारी सुबोध र अंशु उदासले उक्त सामग्री सहयोग गरेका हुन् ।
सोही अवसरमा पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरिएको छ ।
सहयोगपश्चात दाताहरूको शुभमंगलको कामना गर्दै वटुक विध्यार्थीहरूले स्वाति वाचनका साथ मंगल कामना पाठ गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दाता परिवारजनमा धन्यवाद सहित आभार प्रकट गरे ।
पोखरा ३ का वडाध्यक्ष अध्यक्ष प्रकाशमान उदासले उदासको जीवनीमाथि प्रकाश पारेका छन् ।