लायन्स कप भलिबलः बाहिरियो गण्डकीको टोली

santan ads

नयाँलिपिः पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबसँग पराजय भोगेपछि गण्डकी प्रदेशको टोली बाहिरिएको छ ।

पराजयसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएपछि घरेलु दर्शकलाइ निराश पारेको छ ।

गण्डकीलाई हराएपछि एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको जीतसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा जीतसँगै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको एपीएफले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै, तेस्रो सेट २३–२५ ले गुमाएको एपीएफले चौथो र पाँचौं सेटमा पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

३ अंकले पछि परेको अवस्थामा एपीएफले चौथो सेटमा लगातार १२ अंक लिँदै २५–१४ ले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता बनाएको एपीएफले १५–११ ले जित दर्ता गरेको हो ।

Scroll to Top