फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गरिने

santan ads

नयाँलिपिः सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक भएको छ ।

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेका छन् ।

नीति तथा कार्यक्रममा सरकारले फजुल खर्च रोक्न, घटाउन अनावश्यक संरचना खारेज गरिने उल्लेख गरिएको छ । त्यस्तै, त्यस्ता संरचनालाई गाभ्ने वा हस्तान्तरण गर्ने नीति सारिएको छ ।

त्यस्तै, कार्यक्रममा सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ‘फेसलेस सेवा’लाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।

स्मरणीय छ, गण्डकी प्रदेश सरकारले पनि खर्चिलो र अनावश्यक भन्दै तीन बोर्डलाई यसअघि नै खारेज गर्ने निर्णय गरिसकेको छ ।

Scroll to Top