पोखरा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनलमाथि साघुँरो जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १–० को गोल अन्तरले पराजित गरेको हो । यो जित संगै पीएसजीको फाइनल खेल्ने सम्भावना बलियो भएको छ ।
पीएसजीको जितमा ओस्मान डेम्बेलेले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ४ औं मिनेटमा नै गोल गरेका थिए । आर्सनलले भने पाएका थुप्रैै अवसरलाई गोल गर्न नसक्दा हार व्योहर्न पर्यो ।
यद्यपी अब पीएसजीले फाइनलमा पुग्न दोस्रो लेगमा आर्सनललाई गोलरहित बराबरीमा रोके पनि पर्याप्त हुनेछ। तर आर्सनलले भने दोस्रो लेगमा पिएसजीविरुद्ध २ गोल गर्न आवश्यक छ । सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार हुनेछ।