रेष्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

santan ads

पोखरा। चीनको एक रेष्टुरेन्टमा भएको आगलागी हुदाँ २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।

राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो ।
“अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी) मा एउटा रेष्टुरेन्टमा आगलागी भएको थियो”, सीसीटीभीले भन्यो, “दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।”

राष्ट्रपति सी जिनफिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सीसीटीभीले जनाएको छ ।

उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानुनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।

अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेष्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ । एएफपी

Scroll to Top