नागमन्दिरमा रुपा र देवीको सहयोग

santan ads

पोखरा । पोखरा ८ नागढुङ्गामा रहेको नागमन्दिर संरक्षण समितिलाई रुपा बराल र देवी पोखरेलले सहयोग गरेको छ । उनीहरुले समितिलाई ६/६ थान प्लाष्टिकको कुर्ची सहयोग गरेको समितिले जनाएको हो ।

मन्दिरको हालै मर्मत संम्भार सकिएको छ । मन्दिरको मर्मत संम्भारमा सहयोग गर्ने ब्याक्तिहरुलाई समितिले एक कार्यक्रम बिच सम्मान गरेको छ ।

उनीहरुलाई मन्दिर संरक्षण समितिका अध्यक्ष कमला श्रेष्ठले खादा माला लगाएर सम्मान गरेकी थिइन ।

मन्दिर संरक्षणका लागि पोखरा ८ को २ लाख तथा समितिको १ लाख १३ हजार रुपैयाँ सहित ३ लाख १३ हजार खर्चमा बार लगाउने, ढुङ्गा विच्छाउने, रंगरोगन तथा शिलालेख तयार गरेको थियो ।

कार्यक्रममा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष संगिता तिमिल्सीना, निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ, नागढुङ्गा आमा समुहका अध्यक्ष कमला केसी लगायतले नाग मन्दिर संरक्षण समितिले समुह गठनको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेकोमा प्रशंसा गरे । कार्यक्रम समिततिका सचिव सिमा लामिछानेले संचालन गरेकी थिईन ।

Scroll to Top