पोखरा । म्यानचेस्टर सिटी एफए कपको फाइनल प्रवेश गरेको छ। आइतबार राति नटिंघम फरेस्टलाई २–० ले हराउँदै सिटी फाइनल प्रवेश गरेको हो । एफए कपमा सिटीको यो लगातार तेस्रो पटक फाइनल प्रवेश हो ।
अब सिटीले वेम्बलीमा जेठको ३ गते अर्थात मे १७ मा क्रिस्टल प्यालेससँग फाइनलमा भिड्ने छ ।
खेलको सुरुवातबाटै विपक्षीलाई दबाबमा राखेको सिटी आठौं पटक एफए कप ट्रफी उठाउने लक्ष्य लिएको छ ।
खेल सुरु भएको दोस्रो मिनेटमा रिको लुइसले गोलको खाता खोलेका थिए । उनलाई मातेओ कोभासिचले दिएको पासलाई सदुपयोग गर्दे गोल गरेका थिए ।फरेस्टले दोस्रो हाफमा पाएका थुप्रै अवसरलाई गोलमा परिणत गर्नबाट चुके ।
सिटीका जोस्को ग्वार्डिओलले दास्रो हाफको ५औं मिनेटमा गोल संख्या दोब्बर बनाए । उनले ओमार मारमसले हानेको कर्नर किकलाई हेड मार्फत गोल गरेका हुन ।