नयाँलिपिः नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ। बिगत २६ दिनदेखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको कास्कीबाट सहभागी शिक्षकले बताएका छन् ।
प्रहरीले राखेको घेरा तोड्नेक्रममा पानीको फोहोरा प्रहार भएको उनले बताए । त्यस्तै, प्रहरीले आन्दोलनरत शिक्षकहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको उनले बताएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ।
सरकारसँग बार्ता सफल नभए पछि उनीहरू ११ बजेदेखि नयाँ बानेश्वर-माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन्।