प्रतिरक्षा तथा बाल बाथरोग स्वास्थ्य शिविरमा ६९ जनाले जाँच गराए

santan ads

पोखरा । पोखरामा आज (शनिबार) सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६९ जना स्वास्थ्य जाँच गराए ।  

पोखरा ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त शिविरमा ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको छ ।

पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, जमजुङ, र बागलुङका गरी ४ जिल्लाका सेवाग्राहीहरुले सेवा लिएको  कार्यक्रम संयोजक दीननाथ बरालले बताए । 

शिविरमा नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBS, MD, DM, FESIT) डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर सञ्चालन गरिएको प्रालि.का अध्यक्ष समेत रहेका संयोजक बरालले बताए । 

शिविरमा डा.भट्टराईको साथमा पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रबन्र्धन केन्द्र नयाँ बजार पोखराका डा.बिशाल सुवेदी, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. रामजी प्रसाद बरालले समेत सहयोग  रहेको थियो ।

पोखरा सहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको उल्लेख गर्दै उनले त्यसलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचान पछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाए । 

Scroll to Top